बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पहिलो नाडा ईभी एक्सपो २०२२ सुरु, अर्थमन्त्रीले गरे उद्‍घाटन

बिहीबार , असोज ६ २०७९
पहिलो नाडा ईभी एक्सपो २०२२ सुरु, अर्थमन्त्रीले गरे उद्‍घाटन

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले गरेको पहिले विद्युतीय सवारीको प्रदर्शनी सुरू भएको छ। प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्। बिहीबारबाट सुरू भएको ईभी एक्सपो २०२२ आइतबारसम्म चल्नेछ।

सरकारले यो वर्षको नीति तथा कार्यक्रममा लिएको नीति अनुसार नै पहिलो पटक ईभी एक्सको आयोजना गरेकोमा अर्थमन्त्री शर्माले नाडालाई धन्यवाद दिए। इन्धन आयातले हाम्रो डलर त गएको छैन प्रदूषण पनि बढाएको छ। नाडाले गरेको यो ईभी एक्सपो नाडाको मात्र नभएर सरकार तथा सिंगो मुलुककै कार्यक्रम भएको उनले बताए‌।

नाडाले समयसान्दर्भिक रूपमा ईभी एक्सपो गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। सरकारी विद्युतीय सवारीमा कर सहुलियत दिएकाले अहिले यो सर्वसाधारणको पहुँचमा पुग्न सकेको उनको भनाइ छ।

'सरकारले नीतिगत स्थिरता कायम गर्ने हो भने यसले धेरै फड्को मार्न सक्छ,' उनले भने, 'अहिले सरकारले विद्युतीय सवारीमा जुन कर सहुलियत दिएको छ त्यो अझै लामो समयसम्म रहनु पर्छ।'

नाडाले अहिलेको जटिल अवस्थामासमेत ईभी एक्पोको आयोजना गरेको नाडा ईभी समिति सभापति तथा ईभी एक्सपो संयोजक अनुपकुमार बरालले बताए। विद्युतीय सवारी हेर्न, यसबारे जानकारी लिन, नयाँ प्रविधि थाहा पाउन तथा ईभी चोतारीमा सहभागी हुन सक्ने व्यवस्था हरेको बरालले जानकारी दिए।

मुलुकमा विद्युतीय सवारीको आवश्यकतालाई महसुस गरेर पहिलो ईभी एक्सपो आयोनजा गरेको नाडा अध्यक्ष ध्रुवबहादुर थापाले बताए। प्रदूषण न्यूनीकरण गर्न र स्वदेशमै उत्पादित बिजुलीको प्रयोग हुने भलकाले नाडाले विद्युतीय सवारीलाई प्राथमिकता दिएको उनको भनाइ छ।

तथापी सरकारले आयातको मूल्य बराबर नै कर बुझाउने इन्धन कार तथा १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात खोल्न पहल गर्न नाडाले आग्रह गरेको छ। त्यसैगरी २०० किलोवाटसम्म मोटर भएका कारको भन्सारदर कम गर्न पनि थापाले आग्रह गरे। 

ईभी एक्सपोमा ९ ब्रान्डका विद्युतीय कार, १६ ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल र एउटा ब्रान्डको तीनपांग्रे विद्युतीय सवारी प्रदर्शनीमा राखिएको छ।

एक्सपोको दोस्रो दिनबाट 'ईभी चौतारी' नामक बहस तथा छलफल समेत हुने छ। ३ दिन फरक ३ विषयमा विषयविग्यले नयाँ प्रविधिलगायत बारे छलफल हुनेछ।


प्रकाशित : बिहीबार , असोज ६ २०७९०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend