बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आजदेखि पहिलो 'नाडा ईभी एक्सपो २०२२'  

बिहीबार , असोज ६ २०७९
आजदेखि पहिलो 'नाडा ईभी एक्सपो २०२२'  

असोज ६ गते(आज)देखि सुरु भएको अटो एक्सपो ९ गतेसम्म चल्नेछ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडाले पहिलो पटक नाडा ईभी एक्सपो गरेको हो। 

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहिलो पटक गर्न लागेको विद्युतीय सवारीसाधनको प्रदर्शनी ‘नाडा ईभी एक्सपो २०२२’ आजबाट सुरु हुँदैछ। यो प्रदर्शनीमा ७ वटा ब्रान्डका विद्युतीय कार, एउटा ब्रान्डको तीनपांग्रे र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल राखिएका छन्। 

नाडाले गर्दै आएको नियमित अटो एक्सपो पेट्रोलियम कारको आयातमा लगाइएको प्रतिबन्धलाई सरकारले निरन्तरता दिएपछि स्थगित गरेर नाडाले ईभी एक्सपो गरेको हो। विद्युतीय सवारीप्रति उपभोक्ताको चासो बढ्दै गएको, सरकारले विद्युतीय सवारीलाई प्राथमिता दिने नीति लिएको र विद्युतीय सवारी ब्रान्ड नेपाल आउने क्रम उल्लेख्य बढेकाले विद्युतीय सवारीको प्रदर्शनी तथा ज्ञान आदानप्रदन गर्नेगरि एक्सपो गरिएको नाडाले उल्लेख गरेको छ। 

असोज ६ गते(आज)देखि सुरु भएको अटो एक्सपो ९ गतेसम्म चल्नेछ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडाले पहिलो पटक नाडा ईभी एक्सपो गरेको हो। 

पहिलोपटक हुन लागेको विद्युतीय सवारी प्रदर्शनीमा अमेरिकी ब्रान्ड टेस्लादेखि भारतीय स्कुटर ब्रान्ड ओलासम्मले सहभागिता रहेको छ। त्यस्तै हाल नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय कार टाटा नेक्सन ईभी, हुन्डाईलगायत कार ब्रान्ड छन्। 

नाडाले ‘टू वार्डस् सस्टेनेबिलिटी’ नाराका साथ ईभी एक्सपो गर्न लागेको हो। विश्वभर विद्युतीय सवारीको प्रयोग तथा अभिरूचि बढ्दै गएकाले नाडाले रेगुलर प्रदर्शनी स्थगित गरेर ईभी एक्सपो गरेको जनाएको छ। 

ईभी एक्सपोमा कार र दुईपांग्रे बाहेक टायर ब्याट्री, पार्टस तथा बैंक वित्तीय संस्थाको समेत सहभागिता रहने छ। त्यस्तै नाडाले विद्युतीय सवारी कसरी बनेको छ, यसमा लगानी गर्दा दीर्घकालिन लाभ हुन्छ वा हुन्न, विद्युतीय सवारीमा के कस्ता प्रविधिको प्रयोग भएको छ भन्ने बारे जानकारी दिन छलफल समेत गर्दै छ। त्यसका लागि नाडाले ईभी चौतारी नामक बहस कार्याक्रम गर्नेछ। यो बहस शुक्रबारदेखि ईभी शोको अन्तिम दिनसम्म हुनेछ।  
यी हुन् प्रदर्शनीमा राखिने कार ब्रान्ड

सिप्रदी ट्रेडिङ- टाटा नेक्सन ईभी र टिगोर ईभी

लक्ष्मी इन्टरकन्टिनेन्टल- हुन्डाई कोना ईभी र आयोनिक फाइभ

अरेटी इन्टरनेशनल- टेस्ला मोडल थ्री, मोडल एक्स, मोडल वाई

सीजी मोटर- निटा भी

सीजी मोटर- चाङगन भ्यान

अग्नी इनर्जी- ट्रियो (तीनपांग्रे)

साइमेक्स इंक- बीवाईडी

एईभी नेपाल- बीएफएसके

विद्युतीय स्कुटर तथा मोटरसाइकल ब्रान्ड

ईभी नेपाल मोटर- लेभनिङ

इको इन्फिनिटी- एनआईयू

कोजु नेपाल- यादिया

हिमालयन मोटराड- जीहो

सीजी मोटर- ओला 

डी-लाइफ स्टाइल- सुपर सोको

लक्ष्मी इमोबिलिटी- हिरो इलेक्ट्रिक 

क्यालिबर अटो- दोहान र मिकू

महावीर अटोमोबाइल्स- जोय

आई हब- सेग्वे

हिमाल ईभी मोटर- आयम 

योमा मा ई मोटर- ईभी बाइकरटेलजी

ह्वाइट लोटस मोटर- प्योर

इम्बस इन्टरनेशनल कम्पनी- लेक्ट्रो

भवानी शंकर मोटर- रेयमोटर्स


प्रकाशित : बिहीबार , असोज ६ २०७९०२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend