बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ग्रेटवाल मोटरको हाभल जोलायनलाई ए-एनक्याप सेफ्टी रेटिङमा फाइभ-स्टार

बुधबार, असोज ५ २०७९
ग्रेटवाल मोटरको हाभल जोलायनलाई ए-एनक्याप सेफ्टी रेटिङमा फाइभ-स्टार

यसका साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साइकल चालकहरुको सुरक्षाका लागि पनि मूल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो। 

काठमाडौं- जीडब्लूएम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम एनक्यापद्वारा अधिकतम फाइभ-स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ।

यस परीक्षणमा जीडब्लूएम हाभल जोलायनलाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नुका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राइभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो। यसका साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साइकल चालकहरुको सुरक्षाका लागि पनि मूल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो। 

‘ए-एनक्याप सेफ्टी रेटिङको २०२०-२०२२ प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिइएको हो। हाभल जोलायन जीडब्लूएमका गाडीहरुमा यो फाइभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ,’ ए-एनक्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले भने। थर्ड जेन हाभल एच् सिक्स र जीडब्लूएम पिक-अप क्याननले पहिले नै ए-एनक्यापबाट फाइभ स्टार रेटिङ प्राप्त गरिसकेका छन्। 

जीडब्लूएम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास कम्पनीले लिइएको छ।

भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स/ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको हो।

ग्रेटवाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि गरिरहेको छ। कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको विद्युतीय गाडीका लागि इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ। 


प्रकाशित : बुधबार, असोज ५ २०७९०६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend