बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एमजीको नयाँ विद्युतीय मुलान : ५२० किलोमिटरसम्म रेन्ज, नेपाल पनि आउने

बुधबार, असोज ५ २०७९
एमजीको नयाँ विद्युतीय मुलान : ५२० किलोमिटरसम्म रेन्ज, नेपाल पनि आउने

चिनियाँ बजारका लागि एमजीले तीन रेन्ज अप्सनमा मुलान सार्वजनिक गरेको छ। यो कार चीनमा एमजी मुलान ईभीको मूल्य १८ हजार ६ सयदेखि २६ हजार ८ सय अमेरिकी डलर बराबर रहेको छ। 

काठमाडौं- चिनियाँ कम्पनीको स्वामित्वमा रहेको बेलायती कार ब्रान्ड एमजी (मोरिस ग्यारेज) पनि विद्युतीय कार उत्पादनमा आक्रामक भएको छ। कम्पनीले नयाँ नयाँ मोडलका विद्युतीय कार सार्वजनिक गरिरकेको छ। 

गएको साता एमजीले चीनमा मुलान ईभी सार्वजनिक गरेको हो। युरोपेली बजारमा मुलान ईभी एमजी फोरका नाममा बिक्री भइरहेको छ। युरोपेली बजारका लागि १० हजार वटा एमजी फोर पठाएपछि एमएजीले सांगाईमा सोही कारलाई मुलान नाममा सार्वजनिक गरेको हो। 

चिनियाँ बजारका लागि एमजीले तीन रेन्ज अप्सनमा मुलान सार्वजनिक गरेको छ। यो कार चीनमा एमजी मुलान ईभीको मूल्य १८ हजार ६ सयदेखि २६ हजार ८ सय अमेरिकी डलर बराबर रहेको छ। 

एमजी मुलान टू र फोर ह्वील ड्राइभ भर्सनमा सार्वजनिक भएको छ। मुलानको सुरुवाती मोडल ५१ किलोवाट आवरको ब्याट्री प्याकसहित १२५ किलोवाटको विद्युतीय मोटर हुनेछ। त्यस्तै ६४ किलोवाट आवर ब्याट्री प्याक भएको मोटरमा १५० किलोवाटको सिंगल मोटर हुनेछ। त्यस्तै ६४ किलोवाट आवर ब्याट्री भएकै अर्को मोडलमा ३१५ किलोवाटको ट्वीन मोटर भएको अलह्वील ड्राइभ कार समेत आउनेछ। 

१२५ किलोवाट मोटर भएको विद्युतीय कारले एकपटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने छ भने उच्च क्षमताको ३१५ केलोवाट मोटर भएको कारले ५२० किलोमिटर रेन्ज दिनेछ। 

युरोपेली बजारमा एमजीको विद्युतीय कार निक्कै सफल मानिएको छ। यो वर्षको ६ महिनामा एमजीले युरोपमा ४५ हजारभन्दा बढी विद्युतीय कार बिक्री गरिसकेको छ। त्यस्तै एमजीले हालसम्म विश्वभर १० लाखभन्दा बढी विद्युतीय कार बिक्री गरिसकेको जनाएको छ। 

एमजीको विद्युतीय कार जेडएस ईभी नेपाली बजारमा समेत सफल विद्युतीय कार हो। पछिल्लो समय सप्लाइ चेनमा समस्या हुँदा एमजीले नेपाल आपूर्ति दिन नसक्दा जेडएस ईभी कुरेर बसेका उपभोक्ता निरास हुन पुगेका छन्। 

mg mulan.jpg

उच्च ग्राउन्ड क्लियरेन्स, आकर्षक डिजाइन, राम्रो माइलेजलगायतका कारण एमजी जेडएस ईभी नेपाली बजारमा धेरैको रोजाइमा परेको हो। अहिले पनि जेडएस ईभी पर्खिएर बस्ने उपभोक्ताको संख्या धेरै नै छ। 

युरोपेली बजारमा एमजी फोर ब्रान्ड नेममा बिक्री गरेको र चीनमा मुलान नाममा सार्वजनिक गरेको यो विद्युतीय कार २०२३ सम्ममा विश्वका धेरै देशमा बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ। २०२३ मा एमजी फोर/मुलान विद्युतीय कार अस्ट्रेलिया, न्युजिल्यान्ड, मेक्सिको, दक्षिण अमेरिका तथा मध्यपूर्वमा बिक्रीका लागि उपलब्ध गराउने दाबी कम्पनीको छ। 

एमजीको यो विद्युतीय कार नेपाली बजारमा समेत आउनेछ। २०२३ भित्र एमजीको यो विद्युतीय कार ९० वटाभन्दा धेरै देशमा उपलब्ध हुनेछ। एमजीको विद्युतीय कार प्रति नेपाली उपभोक्ताको विश्वास कायम भइसकेकाले यो कारले समेत बजार लिने अनुमान गरिएको छ। 

बेलायती ब्रान्ड एमजीलाई चिनियाँ कम्पनी सांघाई अटोमोाटिभ इन्डस्ट्रि कर्पोरेसन (एसएआईसी)ले खरिद गरेयता विश्वभर ३० लाख कार बिक्री गरेको जनाएको छ।


प्रकाशित : बुधबार, असोज ५ २०७९०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend