शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

अफगानिस्तानमा टिकटक प्रतिबन्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
अफगानिस्तानमा टिकटक प्रतिबन्ध

प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ। अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो । 

काबुल- अफगानिस्तानको तालिवान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिवान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका छन्। 

मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाई छ। प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ। अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो । 

तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको थियो । तालिवान सरकारका सञ्चार मन्त्री नजिबुल्लाह हक्वानीले भने, 'हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्‍यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ।' 
रासस/एएनआई


प्रकाशित : सोमबार, असोज ३ २०७९११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend