बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना 

आइतबार, असोज २ २०७९
सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना 

यो योजना नेपालभर रहेका सुजुकी गाडीका २४ वटै सोरूमहरुमा लागु हुनेछ।

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँ तिहार भरीका लागि नयाँ ग्राहक योजना ल्याएको छ। कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो। 

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट    पाउने छन्। 

यो योजना नेपालभर रहेका सुजुकी गाडीका २४ वटै सोरूमहरुमा लागु हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागु हुने कम्पनीले जनाएको छ। 

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेनआर, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सियाज्, ब्रेज्जा, एसक्रस्, इर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी सवारी नेपाली बजारमा उपलबध गराउँदै आएको छ। 

सुजुकी ब्रान्डले नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ। यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ। 


प्रकाशित : आइतबार, असोज २ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend