बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’

शुक्रबार, भदौ ३१ २०७९
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।  

काठमाडौं- हुन्डाई मोटर्सको आधिकारीक बिक्रेताले लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ। यो ग्राहकमुखि योजना यहि भादै ३० देखि सुरु भएको छ।  

यस योजना अन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजारसम्मको नगद छुट पनि पाउन सक्नेछन्। साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन्। 

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।  

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ सोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।  

ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको थियो।  


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend