सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन

सोमबार, असोज १८ २०७८
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन

सामाजिक सञ्जाल फेसबुक सहित कम्पनीका सबै एपको सेवामा संसारभर एकै साथ समस्या आएको छ।

काठमाडौं- फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन भएको छ। संसारका कयौं देशका प्रयोगकर्ताहरुले यी तीनवटै सञ्जाल डाउन भएको रिपोर्ट गरेका छन्।

फेसबुक इन्ककै यी तीनवटै सञ्जाल एकैपटक डाउन भएको कारण भने अहिलेसम्म नखुले टेकइन्साइडरले उल्लेख गरेको छ। 

प्रयोगकर्ताहरुले सेवा अवरुद्ध भएको रिपोर्ट गरेको र समस्या समाधानका लागि काम भइरहेको ह्वाट्सएपले ट्विटर ह्यान्डल मार्फत् जानकारी गराएको छ।

फेसबुकले पनि प्रयोगकर्ताको फेसबुकमा एक्सिस गर्न नपाएकाले समस्या समाधानको काम भइरहेको जानकारी दिएको छ।


प्रकाशित : सोमबार, असोज १८ २०७८१६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend