सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ६ अर्ब ३६ करोड रुपैयाँ लाग्ने

सोमबार, भदौ २७ २०७९
यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ६ अर्ब ३६ करोड रुपैयाँ लाग्ने

काठमाडौं- यारु हाइड्रोपावर प्रस्तावक रहेको ३०.९५ मेगावाट यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लागत ६ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। प्रतिमेगावाट लागत भने २० करोड ८१ लाख अनुमान गरिएको छ।

वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय दिँदै वातावरणीय प्रभाव रिपोर्ट सार्वजनिक गरेको हो। जलविद्युत आयोजनको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट नेपाल इन्भाइरोमेन्ट एण्ड डेभलप्मेन्ट कन्सल्ट्यान्ट प्रालिले तयार पारेको हो।

यो आयोजना गोरखाको दुर्गम क्षेत्रमा रहेको रुबी धार्चे गाउँपालिमा प्रस्ताव गरिएको छ। अर्धजलाशयुक्त आयोजना प्रकृतिको आयोजनाको डिस्चार्ज २.७३ घनमिटर हुने रिपोर्टमा उल्लेख छ।

वार्षिक ऊर्जा उत्पादन क्षमता १७७.७५७ गिगावाट रहेको छ। आयोजनाको ग्रस हेड १३३९ मिटरको हुने वातावरणीय प्रभाव रिपोर्टमा छ। रिपोर्टमा पिक वार ४ घण्टा हुने उल्लेख छ।

हेडवर्क्स, वेयर, डिसेन्डर बेसिन, हेडरेस पाइप, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरू हुने रिपोर्टमान उल्लेख छ।


प्रकाशित : सोमबार, भदौ २७ २०७९०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend