बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

किया इन्डियाको सफलता : ३ वर्षमा निर्यात गर्‍यो १ लाख ५० हजार कार

मंगलबार, भदौ २८ २०७९
किया इन्डियाको सफलता : ३ वर्षमा निर्यात गर्‍यो १ लाख ५० हजार कार

काठमाडौं- कोरियाली कार निर्माता कम्पनी कियाको भारत यात्रा निकै सफल देखिएको छ। अमेरिकी कम्पनीहरू प्रतिस्पर्धी बजारमा कार बिक्री गर्न कठीन भएपछि भारतबाट बाहिरिए। तर कियाले भने त्यही भारतीय बजारमा ‘चमत्कार’ नै गरेको छ। 

कियाले विगत तीन वर्षदेखि भारतमै प्लान्ट स्थापना गरेर कार उत्पादन गर्दै आएको छ। तीन वर्षमा किया इन्डियाले भारतबाट १ लाख ५० हजारभन्दा बढी कार निर्यात गर्न सफल भएको छ। कम्पनीले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार तीन वर्षको अवधिमा किया इन्डियाको १ लाख ५० हजार ३ सय ९५ वटा कार ९५ देशमा निर्यात भएको हो। 

किया इन्डियाले नेपालसहित मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिका, मेक्सिको तथा एसिया फ्यासिफिकमा कार निर्यात गर्दै आएको छ। किया इन्डियाले २०१९ सेप्टेम्बरबाट कार निर्यात थालेको थियो। 

किया इन्डियाले २०२२ को अगस्टमा मासिक रुपमा हालसम्मकै सवार्धिक धेरै ८ हजार १ सय ७४ वटा कार निर्यात गरेको हो। किया इन्डियाले निर्यात गरेको १ लाख ५० हजार कारमध्ये ७२ प्रतिशत हिस्सा सेल्टोसको रहेको छ। कियाले २०२२ को ८ महिनामा भारतबाट ५४ हजार १ सय ५३ वटा कार निर्यात गर्न सफल भएको हो। 

निसन्देह यो तीन वर्षको अवधिमा किया मोटर्सको भारत व्यापार निकै सफल भएको छ। उत्पादन सुरु गरेको दुई वर्षमा नै किया इन्डिया नाफामा जान सफल कम्पनी हो। २०२१ को मार्च अन्त्यसम्ममा कियाले भारतीय व्यापारबाट करपछि १ हजार १ सय ११ करोड भारु नाफा आर्जन गरेको हो। 

भारतमा कियाले ५ मोडलका कार सोनेट, सेल्टोस, कारन्स, ईभीसिक्स र कार्निभल बिक्री गर्दै आएको छ। भारतीय बजारलक्षीत गरेर उत्पादन गरिएका सोनेट र सेल्टोस भारतमा मात्र नभइ एसिया तथा अफ्रिका तथा दक्षिण अमेरिकी बजारमा समेत उल्लेख्य रुपमा बिक्री भइरहेको छ। 

कियाका कार नेपाली बजारमा समेत राम्रो संख्यामा बिक्री भइरहेको छ। विगतमा नेपाल आउने कियाका कार कोरियाबाटै आउने गरेको थियो। तर अहिले केही मोडलबाहेक भारतमा उत्पादन भएको चर्चित मोडलहरू त्यहीँबाट आउने गरेका छन्। कियाको सोनेट र सेल्टोस आए पनि नेपाली बजारमा कियाले छनाङ नै मारेको छ। किया विद्युतीय कार निरो नेपाली बजारमा रुचाइएको विद्युतीय कारमा पर्छ। 

त्यस्तै कियाको नयाँ विद्युतीय कार ईभीसिक्स पनि नेपाल ठूलै संख्यामा बुकिङ भएको छ। सरकारले चालु आवको बजेटमार्फत विद्युतीय कारमा कर बढाएका कार धेरै विद्युतीय कार महँगो भएका छन्। तथापी किया ईभीसिक्स राम्रो संख्यामा बुकिङ भएपनि सप्लाई चेनमा समस्या हुँदा नेपालमा सो कार आइपुग्न सकेको छैन। तर उक्त कार छिट्टै नेपाल आउने कम्पनीबाट आश्वासन आएको किया नेपालले जनाएको छ। 


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend