सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपूर्व सोधियो स्पष्टीकरण

सोमबार, भदौ २० २०७९
१९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपूर्व सोधियो स्पष्टीकरण

कार्यालयले सोमबार १९ निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। 

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। समयमा कान नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपूर्व प्रक्रिया पूरा गर्दै कार्यालयले स्पष्टीकरण सोधेको हो। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले यसअघि सम्बन्धित निर्माण कम्पनीको ठेगानामा ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा कुनैबाट जवाफ नआएकाले सार्वजनक सूचना गरेको कार्यालयले जनाएको छ। कार्यालयले सोमबार १९ निर्माण कम्पनीलाई ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। 

विभिन्न सार्वजनिक निकायको काम लिएर तोकिएको समयमा काम नगरेपछि उनीहरुले सार्वजनिक गरिद अनुगमन कार्यालयलाई कारबाहीका लागि लेखिपठाएका हुन्। 

यी हुन् स्पष्टीकरण सोधिएका १९ निर्माण कम्पनी 

thekka.jpg


प्रकाशित : सोमबार, भदौ २० २०७९०४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend