आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पृथ्वी राजमार्ग विस्तार : सेती र मादीमा आकर्षक पुल निर्माण गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १५ २०७९
images
पृथ्वी राजमार्ग विस्तार : सेती र मादीमा आकर्षक पुल निर्माण गरिने

यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ।

images
images

काठमाडौं- सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ। 

images
images
images

चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ। मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। 

images
images

उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ। नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो। यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ। उनले भने, 'उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ।' 

images
images

सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ। ठेक्का अङ्कअनुसार योजनाको लागत १३ अर्ब ६२ करोड रुपैयाँ छ। मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात् आबुखैरेनीबाट-जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो। सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो। 

कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ। पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो  सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जनाएको छ। 

पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो। जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैरसहरी क्षेत्र छ। सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ। 

पर्यटकीय नगरी पोखरा जाने स्थानमा बन्न लागेका पुलले यहाँको सौन्दर्यता थप गर्ने अपेक्षा गरिएको छ। विभागले पछिल्ला वर्ष शहरी क्षेत्रमा आकर्षक पुल निर्माण गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १५ २०७९०९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend