सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पश्चिम सेती र एसआर-६ बाट उत्पादन हुने १२ सय मेगावाट बिजुली भारतीय बजारमा बिक्री सुनिश्चित

बुधबार, भदौ १५ २०७९
पश्चिम सेती र एसआर-६ बाट उत्पादन हुने १२ सय मेगावाट बिजुली भारतीय बजारमा बिक्री सुनिश्चित

काठमाडौं- पश्चिम सेती निर्माणको लागि सम्झौता गरेको भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) लिमिटेडले उत्पादनपछिको बजार सुनिश्चित गरेको छ। 

भदौ २ गते बोर्डसँग पश्चिम सेती आयोजना विकासका लागि समझदारी गरेको एचएपीसीले मंगलबार पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग बिक्रीका लागि समझदारीमा हस्ताक्षर गरेको हो। योसँगै दुई आयोजनाबाट उत्पादन हुने १२ सय मेगावाट क्षमताको बजार निश्चित भएको हो।

लगानी बोर्डको कार्यालय काठमाडौंले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ विकासको जिम्मा एनएचपीसीलाई दिएको छ। जसको २१.९ प्रतिशत अर्थात २६२.८ मेगावाट नेपालले निःशुल्क पाउनेछ। बाँकी विद्युत पीटीसी इण्डियाले खरिद गर्नेगरी सम्झौता भएको हो। 

हरियाणाको फरीदाबादस्थित एनएचपीसी कर्पोरेट कार्यालयमा भएको समझदारीपत्रमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हस्ताक्षर गरेका छन्। नेपालसँग समझदारी भएको दुई सातामै बिजुली विक्रीका लागि समझदारी गरेको सो कम्पनीले भने दुई बर्षभित्र दुवै आयोजनाको अध्ययन सक्ने लक्ष्य लिएको छ।

लगानी बोर्डका अनुसार, पश्चिम सेती निर्माण लागि १ खर्ब ६८ करोड रुपैयाँ र सेती नदी–६ निर्माण गर्दा १ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ। दुई आयोजनाको लागत करिब २ खर्ब ६८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend