सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

समयमा काम नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का तोडिँदै

सोमबार, भदौ १३ २०७९
समयमा काम नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का तोडिँदै

गाईघाट दिक्तेल सडक आयोजनाले सोमबार सूचना जारी गरेर देवनारायण/पवन/मैनाचुली/खम्पाच्चे जेभी र मैनाचुली/सिद्धिसाई प्रकाश जेभीसँगको ठेक्का तोड्ने भएको छ। 

काठमाडौं- सडक विभागअन्तर्गतका दुई ठेक्का तोडिने भएको छ। समयमा काम नगर्ने दुई निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता तोड्ने सम्बन्धमा गाईघाट दिक्तेल सडक आयोजनाले सार्वजनिक सूचना जारी गरेको हो। 

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालतको मातहतमा रहेको गाईघाट दिक्तेल सडक आयोजनाले सोमबार सूचना जारी गरेर देवनारायण/पवन/मैनाचुली/खम्पाच्चे जेभी र मैनाचुली/सिद्धिसाई प्रकाश जेभीसँगको ठेक्का तोड्ने भएको छ। 

देवनारायण/पवन/मैनाचुली/खम्पाच्चे जेभीले गाईाघाट-दिक्तेल सडक खण्डको स्तरोन्नतीको ठेक्का लिएको थियो। यो निर्माण कम्पनीले आयोजनासँग २०७३ साउन ११ गते सम्झौता गरेको थियो।

ठेक्काको म्याद २०७८ चैत ३० गतेसम्म कायम थियो। त्यस्तै मैनाचुली/सिद्धिसाइ प्रकाश जेभीले जियोटेक्निकल एन्ड कोस ड्रिनेजको काय पाएको थियो। यो निर्माण कम्पनीले आयोजनासँग २०७५ भदौ १४ गते सम्झौता गरेको र २०७८ चैत २८ गते म्याद सकिएको हो। 

समयमा काम नगरेका यी दुई निर्माण कम्पनीलाई आयोजनाले ठेक्का सम्झौता अन्त्य गर्नु नपर्ने ठोस कारण भए १५ दिन भित्र पेश गर्न सोमबार सूचना जारी गरेको हो। सार्वजनिक खरिद ऐन तथा नियमाावली भित्र रहेको आयोजनाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो। 


प्रकाशित : सोमबार, भदौ १३ २०७९०४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend