शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

यती एयरलाइन्सको दसैँ तिहार अफर, स्कुटरदेखि हिरा जित्ने मौका

images
आइतबार, असोज १७ २०७८
images
यती एयरलाइन्सको दसैँ तिहार अफर, स्कुटरदेखि हिरा जित्ने मौका

हाल यतीले ५ वटा एटिआर–७२ जहाजबाट ८  गन्तव्यहरुमा उडान गर्दै आएको छ। 

images
images

काठमाडौं- यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित अफर ल्याएको छ। 

images
images
images

यात्रु लक्षित उपहार योजनामा स्कुटरदेखि हिरासम्मका उपहार पाउन सकिने एयरलाइन्सले जानकारी दिएको छ। 

images
images

यो योजनामा  एकजनाले यमाहाको फसिनो १२५ एफ आई स्कुटर, एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र एक जनाले हिराको टप जित्नेछन्। 

images
images

असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एयरलाइन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । अग्रिम टिकट बुकिङ्ग गरेपनि यो अवधिमा यात्रा गर्नेहरुले यस्तो उपहार योजनामा सहभागी हुने छन्। 

अफरमा सहभागी हुनका लागि यती एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा चेक–ईन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छभने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने छ। 

असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत् प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने एयरलाइन्सका प्रवक्ता सदर्शन बर्तौलाले जानकारी दिए। 

हाल यतीले ५ वटा एटिआर–७२ जहाजबाट ८  गन्तव्यहरुमा उडान गर्दै आएको छ। 


प्रकाशित : आइतबार, असोज १७ २०७८०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend