सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कर्णालीमा फोहरबाट ऊर्जा निकाल्न रकम विनियोजन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ८ २०७९
कर्णालीमा फोहरबाट ऊर्जा निकाल्न रकम विनियोजन

कर्णाली- फोहरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ। यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

उनले भने, 'कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहरबाट ऊर्जा निकाल्न लागिएको हो।'

उनका अनुसार मन्त्रालयले पहिलो चरणमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ। मन्त्री सिंहले भने, 'यो काम सफल भएमा फोहरबाट विद्युत् निकाल्न अन्य ठाउँमा पनि यो विस्तार गर्छौं।'

मन्त्रालयका सचिव देवराज निरौलाले भने, 'कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ। मूलतः सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्दैछौँ।' 

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले फोहरबाट ऊर्जा उत्पादनका लागि सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलङ्गा, जाजरकोटको कुदु, दल्ली, कालीमाटी, सल्यानका बाक्लो बस्ती रहेका बस्ती तथा समुदाय सम्भावित रहेको जानकारी दिए। उनका अनुसार विद्युत्को बढ्दो माग र १३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिकरुपमा ऊर्जा उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तीव्रता दिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ८ २०७९०८:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend