सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ट्विटर खाता खुलाउन डोनाल्ड ट्रम्पको माग 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
ट्विटर खाता खुलाउन डोनाल्ड ट्रम्पको माग 

काठमाडौं- निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर खाता खुलाउन माग गरेका छन्। 

गत वर्ष अमेरिकी राष्ट्रपतीय चुनावको मुखमा ट्विटरले बन्द गराइदिएको  खाता खुलाउन माग गर्दै उनले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन्। 

अमेरिकी जिल्ला अदालत फ्लोरिडामा उनले आफ्नो खाता रिस्टोर गर्नुपर्ने माग गर्दै मुद्दा दिएका हुन्। 

सन् २०२१ को जनवरीमा ट्विटरसँग अरू सामाजिक सञ्जालहरुले ट्रम्पको व्यक्तिगत खातामा ब्लक गरिदिएका थिए। ट्रम्पले चुनाव हारेपछि भएको हुलदंगालाई उत्तेजित पारेको भन्दै ट्रम्पको खाता बन्द गरिदिएका थिए। 

ट्रम्पका वकिलले ट्विटरले शक्ति र नियन्त्रणको अधिक उपयोग गर्दै राजनीतिक विषयमा कैँची लगाउन खोजेको आरोप लगाएका छन्।  


प्रकाशित : आइतबार, असोज १७ २०७८०६:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend