सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआईए स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआईए स्वीकृत

ईआईए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो।

काठमाडौं- सालझण्डी-सन्धिखर्क-ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) स्वीकृत भएको छ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक आयोजनाको ईआईए स्वीकृत गरेका हुन‍्। मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवर्द्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी ईआईए स्वीकृत गरेका हुन्।

ईआईए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो। मन्त्री यादवले ईआईए स्वीकृत गरेसँगै उक्त सडक निर्माणमा सहज हुने बताइएको छ। 

साथै मन्त्री यादवले विभिन्न कारणले रोकिएका करिब एक दर्जनभन्दा बढी आयोजनाका ईआईए स्वीकृत गरेको मन्त्रालयले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ ६ २०७९०४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend