शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

अन्तर्राष्ट्रिय उडानमाभन्दा आन्तरिक उडानमा कडा सुरक्षा जाँच, दसैंको मुखमा हवाई यात्रुलाई सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १६ २०७८
images
अन्तर्राष्ट्रिय उडानमाभन्दा आन्तरिक उडानमा कडा सुरक्षा जाँच, दसैंको मुखमा हवाई यात्रुलाई सास्ती
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा बसेको प्रहरी प्रशासनले अन्तर्राष्ट्रिय उडानको अध्यागमनमा गर्नु पर्नेभन्दा बढी सुरक्षा चेकजाँच आन्तरिक उडानको यात्रु हकमा गरेको छ। जसका कारण यात्रुले सास्ती भोग्नु परेको छ।

images
images
images

काठमाडौंबाट बाहिर जान लागेका यात्रुले बोकेका सुन चाँदीका गहनाको बील खोजेर दुख दिन खोजिएको छ। यात्रुलाई सास्तीसँगै प्रहरीले असभ्य शब्द समेत प्रयोग गरिरेको छ।

images
images

‘सुरुक्षा जाँचका नाममा प्रहरीले दादागिरी गरेको छ, ’ एक एयरलाइन्स कम्पनीका प्रतिनिधिले भने, ‘आन्तरिक उडानका यात्रुलाई दुख दिने गरी जुत्ता तथा पेटी समेत खोल्न लगाइएको छ। के अब आन्तरिक उडानमा पनि अध्यागमन लागु भएको  हो।’

images
images

विमानस्थल कार्यलयका प्रमखु प्रतापबाबु तिवारीले आन्तरिक उडानमा भएको सुरक्षा जाँचको कारण यात्रुले सास्ती भोग्ने परेको स्वीकार गर्छन्। तर सुरक्षा दिने विषय प्रहरीको क्षेत्र अधिकार भित्र रहेका कारण यो विषयमा आफूहरुले केही भन्न नसक्ने तिवारी बताउँछन्।

विमानस्थल कार्यालयले प्रहरीलाई सुरक्षा जाँचमा सहजीकरण गरिदिनु परो भन्दै पत्राचार गरेको उनको भनाइ छ। प्रहरीले भने सुरक्षा चेक जाँचका नाममा अहिले कोभिड संक्रमण नै फैलाउने गरी भिडभाड गराइरहेको यात्रुहरुकाे गुनासाे छ। सुरक्षा जाँचको ठाउँमा जुत्ता तथा पेटी खोल्न लगाए पनि लगाउने ठाउँको व्यवस्था गरिएको छैन।

जुत्ता खोल्ने ठाउँमा फोहोरको थुप्रो नै छ। मोजा पछि लगाउन नमिल्नेगरी फोहोर टाँसिने अवस्था छ। गोजीमा रहेको साँचो ‘बुकेट’ मा राख्नन बिर्सिएर भित्र छिरेको यात्रुलाई समेत बाहिर निकाल्ने काम भएको छ। यात्रुको ह्यान्ड क्यारी ब्याग अनावश्य रुपमा खोल्न लगाइएको छ।

यस विषयमा नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरसँग सोध्दा उनले यात्रुलाई सास्ती नदिने गरी सुरक्षा जाँचको प्रबन्ध मिलाउने निर्देशन भएको बताए।

‘आन्तरिक उडानलाई प्रयोग गर्दै सुन तस्कर लगायतका गतिविधि बढेपछि सुरक्षा जाँचमा कडाई गरेका हौं, ’ उनले भने, ‘तर व्यवाहरिक सुरक्षा जाँच भने हुन पर्छ। हामी यात्रुलाई सास्ती दिने गरी केही  गतिविधि भएको रहेछ भने तत्कालन सम्बोधन गछौं।’

के विमानस्थल जस्तै सबै नाकाहुँदै काठमाडौंबाट बाहिरिनेको हकमा पनि यसरी नै सुरक्षा जाँच भएको छ त भन्ने प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएन। तर कुँवरले प्रहरीको बचाउँ गरेपनि विमानस्थलमा जेष्ठ नागरिक देखि नेपाल भ्रमणमा आउने विदेशी नागरिकले समेत सास्ती पाइरहेका छन्।

विमास्थलको प्रहरीको कारण एयरलाइन्स कम्पनीले समेत दु:ख पाएका छन्। चेकजाँचमा लामो लाइन बढेको कारण यात्रुले सहजै समयमै उडानमा पुग्न सकेका छैन्।

वायुसेवा सञ्चालक संघले समेत प्रहरीको सुरक्षा जाँच यात्रुलाई सास्ती दिने काम भएको भनेर विज्ञप्ती समेत जारी गरेको छ। प्रहरीले भने काठमाडौंबाट नेपालगञ्ज र काठमाडौंबाट विराटनगर जान लागेको यात्रुको साथमा सुन फेला परेको भन्दै सुरक्षा जाँच बढाएको थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरण पूर्व महानिर्देशक तथा विमानस्थल  कार्यालयका पुर्वमहाप्रबन्धहरुले समेत प्रहरीले अहिले विमानस्थल सुरक्षाको नाममा दादागिरी गरेका तर्क गर्छन।

एक पूर्वमहानिर्देशकले भने, ‘प्रहरीले अन्तर्राष्ट्रिय यात्रुको हकमा गनुपर्ने सुरक्षा जाँच कमजोर बनाएको छ। तर आन्तरिक उडानमा यात्रुलाई सास्ती दिने गरी सुरक्षा जाँचका नाममा नौटकीं गरेको छ।’

विमानस्थल प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले केही कमीकजोरी भएको छ भने सुधार गर्दै जाने बताए। ‘यात्रु सास्ती दिने हाम्रो कुनै मनायस छैन्। यात्रुलाई सहजता दिने हो। 

क्षमताभन्दा बढी यात्रुको कारणले पनि केही असहजता भएको छ,’ उनले भने, ‘ पुराना प्रविधिका कारणले पनि सुरक्षा जाँचमा केही कमजोरी भएको हुन सक्छ। विमानस्थल कार्यालयसँग नयाँ प्रविधि ल्याउने विषयमा छलफल समेत भइरहेका छ।’


प्रकाशित : शनिबार, असोज १६ २०७८०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend