सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतलाई बिजुली बिक्री गरेर ३ अर्ब ३२ करोड आम्दानी, चालु वर्ष १५ अर्बको लक्ष्य

मंगलबार, साउन ३१ २०७९
भारतलाई बिजुली बिक्री गरेर ३ अर्ब ३२ करोड आम्दानी, चालु वर्ष १५ अर्बको लक्ष्य

नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएसँगै गत जेठ १९ गते ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु गरेको थियो।

काठमाडौं- नेपालले एक वर्षमा भारतलाई बिजुली बिक्री गरेर ३ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष ३७ करोड २७ लाख रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल विद्युतको जडित क्षमता वृद्धि भइ २१८९.६ मेगावाट पुगेको छ। जसमध्ये जलविद्युत २०७५.४ मेगावाट, सोलार ५४.८ मेगावाट, कोजेनेरेसन ६.० मेगावाट र थर्मल ५३.४ मेगावाट विद्युत जडित क्षमता रहेको छ।

नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएसँगै गत जेठ १९ गते ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु गरेको थियो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको थियो। 

भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो। गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रजारी भएको थियो। त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो। 

शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लि।कोे लिखु–४ बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत भारतीय बजारमा बिक्री सुरु भएको हो। प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ। 


 


प्रकाशित : मंगलबार, साउन ३१ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend