सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सेयरप्रति असहमति जनाउँदै रसुवाका स्थानीयले गरे साञ्चेन जलविद्युत आयोजनामा आक्रमण

आइतबार, साउन २९ २०७९
सेयरप्रति असहमति जनाउँदै रसुवाका स्थानीयले गरे साञ्चेन जलविद्युत आयोजनामा आक्रमण

काठमाडौं- साञ्चेन जलविद्युत कम्पनीले आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरप्रति असहमति जनाउँदै प्रभावितहरुले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका छन्। स्थानीयहरुले थोरै सेयर दिएको भन्दै आइतबार कार्यलयमा तोडफोड गरेका हुन्। 

ssssssss.jpg

सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने तालिका रहेको छ। कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ। 

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका ४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन्।

sanjen.jpg

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा छिटोमा १९ भदौसम्म र ढिलोमा ४ असोजसम्म आइपीओ खुला रहनेछ। यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक छ।

sanjen 11.jpg


प्रकाशित : आइतबार, साउन २९ २०७९१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend