सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नागढुंगा सुरुङको काम ५६ प्रतिशत सकियो

आइतबार, साउन २२ २०७९
नागढुंगा सुरुङको काम ५६ प्रतिशत सकियो

समग्रमा ५४ सय ९९ मिटर सुरुङ खन्नु पर्नेमा जुलाई ५ सम्म ३ हजार ७२ मिटर खनिसकिएको आयोजनाले जनाएको छ। 

काठमाडौं- निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम ५६ प्रतिशत सकिएको छ। आयोजनाले हालै सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सुरुङ खन्ने काम ५६ प्रतिशत सकिएको हो। 

समग्रमा आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत र वित्तीय प्रगति ४५.५० प्रतिशत भएको आयोजनाले जनाएको छ। सुरुङमार्गको मुख्य सुरुङ २६ सय ८८ मिटर बनाउने पर्नेमा हालसम्म १३ सय ७७ मिटर खरि सकिएको छ। त्यस्तै इभ्याकुएसन सुरुङ १५ सय ७ मिटर र क्रस प्यासेज ६२ मिटर खनिएको छ। क्रस प्यासेज १ सय २८ मिटरको छ। 

समग्रमा ५४ सय ९९ मिटर सुरुङ खन्नु पर्नेमा जुलाई ५ सम्म ३ हजार ७२ मिटर खनिसकिएको आयोजनाले जनाएको छ। 

नगढुंगा सुरुङ मार्गको काम २०७७ पुस ७ गतेबाट सुरु थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गरेका थिए। २.६८ किलोमिटर लम्बाईको सुरुङ मार्ग कोरोना महामारी लगायत विभिन्न कारणले केही ढिलाइ भएको थियो। 

कोरोना महामारीका कारण आयोजनाको समय ८६ दिन थप गरिएको भए पनि तोकिएकै समयमा निर्माण पूरा गर्ने गरी काम सकिन कठीन छ। यो सुरुङ मार्ग ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट खनिएको छ। यो नै नेपालका पहिलो सडक सुरुङ मार्ग हो।  

पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाईको सुरुङ बन्ने छ जसमा सवारीसाधन नियमित आवतजावत गर्नेछन्। यो सुरुङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको हो। जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा यो सुरुङ मार्ग निर्माण भइरहेको छ। जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग र सरकारको ४ अर्ब ८० करोड रुपैयाँ गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण भइरहेको छ। 

सुरुङसँगै सर्भिस ट्र्याक, फ्लाइओभर निर्माणलगायतको कामसमेत भइरहेको आयोजनाले जनाएको छ। 


प्रकाशित : आइतबार, साउन २२ २०७९११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend