मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दसैँको मुखमा साल्ट ट्रेडिङले भन्यो - ‘काठमाडौंबाहिर चिनी दिन सक्दैनौँ’

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
दसैँको मुखमा साल्ट ट्रेडिङले भन्यो - ‘काठमाडौंबाहिर चिनी दिन सक्दैनौँ’

यसअघि साल्ट ट्रेडिङलगायतले भने दसैँमा चिनी अभाव नहुने बताउँदै आएको थियो। उद्योग र उपभोक्ताको दुवै गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ। त्यसमध्ये १ लाख ३० हजार मेट्रिक टन चिनी स्वदेशी उद्योगले उत्पादन गर्दै आएका छन्। 

काठमाडौं- दसैँको मुखमा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी अभाव भएपछि उपत्यका भित्र मात्रै वितरण गर्ने निर्णय गरेको छ।

विगतमा उपत्यका बाहिर पनि दिने गरेता पनि यसपटक चिनी अभाव भएपछि साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा मात्रै वितरण गर्ने निर्णय गरेको हो। ‘हामीसँग ३ सय टन मात्रै चिनी स्टक बाँकी भएकोले बाहिर नबेच्ने निर्णय गरेका हौ,’ साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभन्डारीले भने। 

विगतमा २४ वटा बिक्री केन्द्रबाट चिनी बिक्री गर्ने गरेको थियो। साल्ट ट्रेडिङले सरकारलाई खरिदको प्रक्रिया अगाडि बढाउनका लागि पहल गर्न एक महिना अगाडि नै भनेपनि निजी क्षेत्रसँग भएको भन्दै प्रक्रिया रोकिएको थियो। दसैँतिहार तथा छठपर्वका लागि उपभोक्ताले अत्याधिक खपत गर्ने गरेका छन्। 

धेरै खपत हुने गरेकोले दसैँमा समस्या आएको तर सरकारले निजी क्षेत्रको स्टक हेरेर साल्ट ट्रेडिङलाई चिनी खरिद नगर्न भनेको हुनसक्ने राजभन्डारी बताउँछन्। अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा भने बिक्री गरिरहेको बताए। 

यसअघि साल्ट ट्रेडिङलगायतले भने दसैँमा चिनी अभाव नहुने बताउँदै आएको थियो। उद्योग र उपभोक्ताको दुवै गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ। त्यसमध्ये १ लाख ३० हजार मेट्रिक टन चिनी स्वदेशी उद्योगले उत्पादन गर्दै आएका छन्। 

हाल बजारमा चिनी प्रतिकिलो ८५ देखि ९० रूपैयाँमा बिक्री भइरहेकाे छ भने साल्ट ट्रेडिङले सहुलियत पसलमा प्रतिकिलो ७९ रूपैयाँले बिक्री गरिरहेको छ।  खुद्रा बजारमा चिनीको मूल्य ९० रुपैयाँभन्दा माथि नजाने व्यवसायीले बताएका छन्।


प्रकाशित : बिहीबार , असोज १४ २०७८१२:१३
  • सम्बन्धित विषय:

  • # चिनी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend