सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रतिकिलोमिटर ४ करोड ४१ लाखमा भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण हुने

बुधबार, साउन १८ २०७९
प्रतिकिलोमिटर ४ करोड ४१ लाखमा भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण हुने

काठमाडौं- सरकारले भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण गर्ने भएको छ।

सडक निर्माणका लागि हुलाकी राजमार्ग आयोजना निर्देशनालय प्रस्तावक रहँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस भएको छ

रिपोर्टमा सडक आयोजनका कुल लागत १ अर्ब ५४ करोड ३९ लाख ८५ हजार ४ सय ७० रुपैयाँ रहेको छ। रिपोर्टमा प्रतिकिलोमिटर निर्माण लागत ४ करोड ४१ लाख १३ हजार रुपैयाँ रहने उल्लेख छ।

भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा सडक हुलाकी राजमार्ग आयोजना अन्तर्गत लुम्बिनी प्रदेश, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नम्बर ९ र विजयनगर गाउपालिका वडा नम्बर १ तथा दाङ जिल्ला, गढवा गाउँपालिकावडा नम्बर १ र २ मा पर्ने छ।

प्रस्तावित सडक खण्ड सुरु विन्दु शिवराज नगरपालिका वडा नम्बर ९ बिचगौरी र अन्तिम विन्दु गढवा गाँउपालिका वडा नम्बर २ कोठारी रहेको छ। यस सडक खण्डको लम्बाइ ३५ किलोमिटर र सडकको क्षेत्राधिकार बीच रेखा बाट दायाँ/बायाँ दुवैतिर १५/१५ मिटर गरी ३० मिटर रहने रिपोर्टमा छ।

सडक खण्डको फर्मेशन विथ ११ मिटर छ भने क्यारिज वे ७ मिटर रहेको छ।


प्रकाशित : बुधबार, साउन १८ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend