मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

डेक्सटप क्रोम ब्राउजरमा गुगल लेन्सको सुविधा थपिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
डेक्सटप क्रोम ब्राउजरमा  गुगल लेन्सको सुविधा थपिँदै

क्रोममा लेन्स सुविधा आएपछि गुगलले यसलाई अहिलेको भन्दा अझै पावरफुल बनाउने भएको छ। 

काठमाडौं- के तपाई एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने गुगल लेन्स नामको एप्लिकेशन कत्तिको प्रयोग गर्नुभएको छ? छ भने यसबाट तपाइले धेरै सहयोग लिनुभएको होला। 

मोबाइलमा यो एप धेरै सहयोगी सावित भएको छ। क्यामेरा भ्युफाइन्डरको माध्यमबाट वस्तुको पहिचान, तस्बिरको खोजी, उस्तै तस्बिरमार्फत वस्तुको पहिचान, फोटोबाट टेक्स्ट कपी गर्ने सुविधा यो एपमा छन्। 

तर यो सुविधा मोबाइलमा मात्र सीमित हुँदा प्रयोगकर्ताहरूले साँघुरो दायरा अनुभव गरिरहेका छन्। तर अब प्रयोगकर्ताहरूका लागि खुसीको खबर छ। किन भने गुगलले यो सुविधा क्रोमको डेक्स्टप ब्राउजरमा पनि लेन्स सुविधा दिने भएको छ। गुगलले डेक्सटपका पनि लेन्सको सुविधा दिने घोषणा गरेको छ। 

आगामी महिना यो सुविधा संसारभर उपलब्ध हुने गुगलले जानकारी गराएको छ। क्रोममा पनि लेन्सको सुविधा आएपछि प्रयोगकर्ताले मोबाइलमा जस्तै फोटोबाट टेक्स्ट सेलेक्ट गर्न सक्ने छन्। त्यस्तै वेबमा भएका भिडियोमा पनि हुने छ। 

क्रोममा लेन्स सुविधा आएपछि गुगलले यसलाई अहिलेको भन्दा अझै पावरफुल बनाउने भएको छ। 


प्रकाशित : बिहीबार , असोज १४ २०७८०५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend