बिहीबार , फागुन ८ गते २०८१    
बिहीबार , फागुन ८ २०८१
images
images

एकभन्दा बढी मोबाइल ल्याउनेलाई भन्सारको रसिद, १५ हजारबढी मोबाइल करको दायरामा

एक वर्षमै भित्रियो विमानस्थल हुँदै साढे २१ अर्बको मोबाइल, ३ अर्ब ४५ करोड राजस्व संकलन

images
बिहीबार , साउन १२ २०७९
images
images
एकभन्दा बढी मोबाइल ल्याउनेलाई भन्सारको रसिद, १५ हजारबढी मोबाइल करको दायरामा
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याएको १५ हजार ३ सय ७८ थान मोबाइल विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिँदै राजस्वको दायरामा ल्याएको छ। 

images
images
images

विमानस्थल भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विमानस्थल हुँदै १४ लाख ७५ हजार ८५ थान मोबाइल नेपाल (भन्सार दाखिला भएको मोबाइल संख्या) भित्रिएको छ।

images
images

जसमा विदेशबाट फर्कने यात्रुले १५ हजार ३ सय ७८ थान मोबाइल कानूनले तोकेको भन्दा बढी ल्याएको भन्सार कार्यालयले जनाएको छ। यसैगरी व्यवसायिक प्रयोजनका लागि विमानस्थल हुँदै आएको मोबाइल संख्या  १४ लाख ५९ हजार ७ सय ७ थान रहेको छ। 

images
images
images

विमानस्थल कार्यालयका अनुसार यसरी आएको मोबाइलको भ्यालु २१ अर्ब ४९ करोड ९० लाख २० हजार १ सय ६३ रुपैयाँ रहेको छ। यसरी आएको मोबाइलबाट विमानस्थल भन्सार कार्यालयले ३ अर्ब ४५ करोड ३ लाख ३० हजार ४ सय २८ रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयका अनुसार व्यक्तिले ल्याएको मोबाइलको भ्यालु ७८ करोड ८१ लाख ९५ हजार ६ सय १६ रुपैयाँ रहेको छ। व्यक्तिले कानून विपरित ल्याएको मोबाइल नियन्त्रणमा लिँदै कार्यालयले १३ करोड २४ लाख  १२ हजार १ सय ८८ रुपैयाँ राजस्व तिराएको छ।

यसैगरी व्यवसायिक प्रयोजनका लागि आएका मोबाइलको भ्यालु २० अर्ब ७० करोड ८ लाख २४ हजार ५ सय ४७ रुपैयाँ रहेको छ। यसबाट विमानस्थल भन्सार कार्यालयले ३ अर्ब ३१ करोड ७९ लाख १८ हजार २ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ।

विदेशबाट फर्कने ल्याउने मोबाइलमा कडाई

सरकारले विदेशबाट नेपाल आउने नागरिकले ल्याउने मोबाइल लगायतका विद्युतीय सामानमा कडाइ गरेको छ। भन्सार कार्यालयले अहिले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइलमात्रै भन्सार छुट दिँदै आएको छ। एउटाभन्दा बढी मोबाइल तथा ल्यापटप ल्याउनेसँग कर लिँदै आएको छ।

विमानस्थल भन्सारले एउटाभन्दा बढी (प्रयोग भएको वा नयाँ) मोबाइल ल्याउनेलाई ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ। सामान्य फोनमा २.५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत भ्याट लाग्छ भने स्मार्ट फोनको हकमा मूल्यको अन्त:शुल्क ५ प्रतिशत र भ्याट १३ प्रतिशत रहेको छ।

भन्सार कार्यालयले यसअघि प्रयोगमा रहेको एउटा र अर्को एउटा नयाँ फोन ल्याउँदा भन्सार तिराउने गरेको थिएन। तर अहिले प्रयोगमा भएका वा नभएको एउटा मात्रै मोबाइल भन्सार छुट दिँदै आएको छ।

विदेशबाट आउनेले अवैध रुपमा मोबाइल ओसारपसार गर्न थालेपछि कडाइका साथ कानून लागु गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई बताउँछन्। 

व्यवहारिक रुपमा भन्सार कार्यालयले यात्रुलाई केही सहजता दिँदै आएको थियो। तर पछिल्लो सयम नेपाल आउने यात्रुलाई भरिया बनाएर महँगा फोन पठाउन थालेपछि कार्यालयले एकभन्दा बढी सामान ल्याउनसँग कर लिन थालेको हो।

‘यो कुनै नयाँ नियम होइन,’ भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने, ‘२०७७ जेठ १५ गते राजपत्रमा प्रकाशित अर्थमन्त्रालकको सूचना हो। यसलाई अहिले हामीले प्रभावकारी कार्यान्वयन गरेका हौँ। हाम्रो मनसाय यात्रुलाई दुःख दिने होइन। व्यवसायिक सामान व्यक्ति प्रयोग भएर नेपाल नआउहोस् भन्ने नै हो।’

यसको अर्थ विदेशबाट आउनेले एक थान प्रयोग गरिरहेको वा नयाँ जे ल्याउँदा पनि भन्सार छुट पाउने छन्। तर २ थान साथमा भएको अवस्थामा भने एउटाको भन्सार दाखिला गर्नु पर्ने भएको हो। कुनै यात्रुले आफ्नो साथमा एउटा प्रयोग भइरहेको पुरानो मोबाइल र अर्को एउटा नयाँ  मोबाइल ल्याएको छ भने उसले नयाँको भन्सार छुट लिएर पुरानोको भन्सार तिर्न पनि पाउँछ।


प्रकाशित : बिहीबार , साउन १२ २०७९०३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend