मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

खोप विरोधी भिडियो र च्यानलमाथि प्रतिबन्ध लगाउँदै युट्युब 

बुधबार, असोज १३ २०७८
खोप विरोधी भिडियो र च्यानलमाथि प्रतिबन्ध लगाउँदै युट्युब 

भिडियो सर्च इन्जिन युट्युबले खोप विरोधी अभियन्ताहरूका कयौँ च्यानलमाथि प्रतिबन्ध लगाइसकेको रोयटर्सले उल्लेख गरेको छ। 

काठमाडौं- युट्युबले कोरोना भाइरस विरुद्धको खोपका सम्बन्धमा भ्रम फैलाउने कन्टेन्टलाई ब्लक गर्ने भएको छ। 

कोरोना विरुद्धको भ्याक्सिन नलगाउन उत्प्रेरित गर्ने, स्वास्थ्यमा जोखिम ल्याउँछ भनेर भ्रम फैलाउने भिडियो तथा च्यानलमाथि प्रतिबन्ध लगाउने घोषणा कम्पनीले गरेको छ। 

भिडियो सर्च इन्जिन युट्युबले खोप विरोधी अभियन्ताहरूका कयौँ च्यानलमाथि प्रतिबन्ध लगाइसकेको रोयटर्सले उल्लेख गरेको छ। 

सामाजिक सञ्जालमार्फत खोप विरोधी अभियान विस्तार भएको र खोपका सम्बन्धमा भ्रम फैलाउन सहयोगी बानिरहेको भन्दै युट्युबसहित फेसबुक, ट्विटरको पनि आलोचना भएको थियो। सामाजिक सञ्जालहरुले भ्रम रोक्नका लागि उल्लेखनीय काम नगरेको भन्दै आलोचना भइरहेका बेला युट्युबले नयाँ घोषणा गरेको हो। 


प्रकाशित : बुधबार, असोज १३ २०७८१४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend