सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

केन्द्रीय विद्युतको पहुँचमा नपुगेका डोल्पाका ८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ८ २०७९
केन्द्रीय विद्युतको पहुँचमा नपुगेका डोल्पाका ८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण

जाजरकोट- केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ।

गाउँपालिकाको  वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उनले बताए। 

नेपाल विद्युत् प्राधिकरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीले डोल्पालाई तत्काल विद्युतीकरण गर्नका लागि पालिकास्तरमै बोलपत्र आह्वान गरेर काम सुरु गरेका छन्। मुड्केचुला तल्लो डोल्पामा पर्दछ। हिमाली जिल्लामा केन्द्रीय लाइन विस्तार हुन नसकेका ठाउँमा सोलार प्राविधिबाट विद्युत् लिने प्रदेश सरकारको लक्ष्य छ। रासस


प्रकाशित : आइतबार, साउन ८ २०७९०४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend