सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अरिङ्‍गालको परिकार चाख्नुभएको छ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
अरिङ्‍गालको परिकार चाख्नुभएको छ?

गलेश्वर- अरिङ्‍गालको परिकार चाख्नुभएको छ? यदि छैन भने म्याग्दी आउनुहोस्। यहाँ तपाईं अरिङ्‍गालको परिकार खान पाउनुहुन्छ। सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्‍गालको परिकार बनाउने गरेको छ। परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ। 

एक प्लेट फ्राइ अरिङ्‍गालको लार्भालाई ५् सय रुपैयाँ तिर्नुपर्छ। जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्‍गालको गोला खोज्न जुट्छन्। मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ। अरिङ्‍गालको गोला काटेर त्यसबाट लार्भा (किरा) निकालिन्छ। बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्‍गालको परिकार बनाएर बिक्री गर्दै आएकी छिन्। सिर्जनालाई ग्राहकले ‘अरिङ्‍गालवाली’को नामले चिन्ने गरेका छन्। यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउँछिन्। 

'ग्राहकको रोजाइमा अरिङ्‍गालको परिकार बढी पर्छ', उनले भनिन्। भट्टचनको  अरिङ्‍गाल व्यापार बेनीमा मात्रै सीमित छैन। काठमाडौं, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ। 'परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु', उनले भनिन्। फ्राइ अरिङ्‍गाल प्रतिप्लेटको ५ सय रुपैयाँ पर्छ। यही परिकारबाट हरेक याममा चार लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछिन्। 

अरिङ्‍गालको लार्भा एक माना १ हजार ६ सयदेखि दुई हजार रुपैयाँसम्ममा उनले खरिद गर्छिन्। यसरी खरिद गरेको अरिङ्‍गाल भुटेर भट्टचनले बिक्री गर्छिन्।

'हाल दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ', उनले भनिन्।

भिरमह शिकारलाई जस्तै अरिङ्‍गाल शिकारलाई पनि सरकारले अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने माग बढेको छ।

सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेका रुखबाट अरिङ्‍गालको शिकार गर्न पाइने वा नपाइने भन्नेबारे वन डिभिजन कार्यालयसित कुनै जवाफ भने छैन। रासस


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०४:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend