शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

डिमाण्ड शुल्क वृद्धि हटाउन महासंघको आग्रह

images
मंगलबार, असोज १२ २०७८
images
डिमाण्ड शुल्क वृद्धि हटाउन महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

images
images
images

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर  विद्युत खरिद सम्झौता (पीपीए) रोक्नु गलत भएको जनाएका छन्। 

images
images

महासंघले डिमाण्ड शुल्क बृद्धि हुँदा औद्योगिक लागत बढन गई आर्थिक गतिविधि संकुचित हुने हुदा लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा असर परेको बताउँदै समस्या समाधान गर्न आग्रह गरेको हो।  

images
images

महासंघले कोभिडको हालको बिषम परिस्थितिमा डिमाण्ड शुल्क बृद्धि र टिओडी मार्फत महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष नदेखिने समेत जनाएको छ। 

२०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरुसंग तत्काल पीपीए गर्न पनि सो अवसरमा अनुरोध गरिएको थियो। मन्त्री भुुसालले महासंघका सुुझावलाई आफूले अध्ययन गरी सक्दो सहयोग गर्ने बताइन। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend