मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

३६० जनालाई फास्ट ट्रयाकमा काम गर्ने अवसर

बुधबार, असार २२ २०७९
३६० जनालाई फास्ट ट्रयाकमा काम गर्ने अवसर

फास्ट ट्रयाक अन्तर्गतको दोस्रो प्याकेजमा पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्न २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएको हो।

काठमाडौं- तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाका लागि ३६० जना कर्मचारी माग गरिएको छ।

निर्माणको ठेक्का लिएर द्रुतमार्गमा काम गरिरहेको पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसनले विभिन्न पदमा ३६० जना कर्मचारीका लागि बुधबार विज्ञापन गरेको हो। 

फास्ट ट्रयाक अन्तर्गतको दोस्रो प्याकेजमा पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्न २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएको हो। यसको दूरी ३.०३ किमि छ। 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्रयाक निर्माण ०८०/८१ भित्र सम्पन्न गरिसक्नुपर्छ। आयोजनाले विभिन्न पदमा ३६० जना कर्मचारी मागेकाे हो। आयोजनाले साइट इन्चार्जदेखि फर्मवर्क ट्राभलर कन्स्ट्रक्सन पर्सनलसम्मले आवेदन दिन पाउने छन्। 

नियुक्त हुने यी कर्मचारी आयोजना सकिएपछि स्वत: पदमुक्त हुनेछन्। 


प्रकाशित : बुधबार, असार २२ २०७९१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend