सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २१ २०७९
किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिचाइँको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेर्होने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा  मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ। यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’को रुपमा विकास गरिने पनि योजना अघि बढाइएको छ।

छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडामा कन्या विद्यालय र क्याम्पस स्थापनाको पहल अघि बढाइने नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए। महानगरका ३२ वटै वडालाई सडक सञ्जालमार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ।   

वीरगन्ज महानगरको एकीकृत सहरी विकास योजना बनाइ त्यही अनुसार सहरी विकास कार्यलाई अगाडि बढाइने योजनासमेत समावेश गरिएको छ। वडा नं ३० र ३१ मा रहेको गुठी संस्थानको ६५० बिघा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढाइने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, असार २१ २०७९०८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend