मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अनलाइनबाटै पूजा सामान र फूल बोटबिरुवा

मंगलबार, असोज १२ २०७८
अनलाइनबाटै पूजा सामान र फूल बोटबिरुवा

अनलाइन सेवाबाटै पूजा सामानका साथै फूल बोटबिरुवा मगाउन सकिने नयाँ व्यवसाय सुरु भएको छ। बिजया दशमीको अवसरमा पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कमको सेवा सुरु गरेको हो। 

काठमाडौं- अनलाइन सेवाबाटै पूजा सामानका साथै फूल बोटबिरुवा मगाउन सकिने नयाँ व्यवसाय सुरु भएको छ। विजया दशमीको अवसरमा पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कमको सेवा सुरु गरेको हो। 

कम्पनीका निर्देशक सुजित ज्ञवालीका अनुसार हाम्रो धर्म र संस्कार अनुसारका हरेक चाडपर्व र पूजाआजाको लागि चाहिने सबै सामान पूजाथाली डट कमले उपलब्ध गराउँछ। ज्ञवाली भन्छन्, 'कुन पूजाको लागि के के सामान चाहिन्छ? कती कती चाहिन्छ? ती सामानहरू कहाँ कहाँ पाइन्छ? यी सबै प्रश्नको एउटै जवाफको रुपमा हामीले पूजाथाली सुरु गरेका हौँ।' 

पूजाथाली डट कम (pujathaali.com) मा विभिन्न देव देवताका मूर्तीहरू र पूजाको लागि चाहिने तामा तथा पित्तलका भाडाहरू पनि पाइने ज्ञवालीले बताए।

कम्पनीले गएकाे चार महिनादेखि फल, फूल तथा सजावटका बोट बिरुवाहरू, बिभिन्न किसिमका गमलाहरू साथै मल, किटनासक र घरेलु बगैँचाका लागि चाहिने औजारहरू उपलब्ध गराउने गरी ई-नर्सरी नेपाल (enurserynepal.com) को सेवा पनि निरन्तर गरिरहेको छ। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८०५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend