सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१५ मिनेटमा ५१ प्रतिशत चार्ज हुने रेड्मी नोट ११ प्रो नेपाली बजारमा 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार १८ २०७९
१५ मिनेटमा ५१ प्रतिशत चार्ज हुने रेड्मी नोट ११ प्रो नेपाली बजारमा 

मिडियाटेकको हेलियो प्रोसेसर भएको यो मोबाइलमा ६७ वाटको टर्बो चार्जिङ सुविधा छ।

काठमाडौं– शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक भएको छ। रेड्मी नोट सिरिजको पछिल्लो यो उत्पादन नेपाली उपभोक्ताले पनि किन्न पाउने भएका छन्। 

सस्तो मूल्यमा धेरे फिचर्स खोज्नेका लागि भन्दै ल्याइएको यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास गरेको छ। 

रेड्मी नोट ११ प्रो मा तीनवटा सेन्सरसहितको क्यामेरा सेटिङ छ। १०८ मेगा पिक्सेलको सेन्सरसहित यसमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८ डिग्री एंगल, २ मेगापिक्सेलको  म्याक्रो र डेप्थ सेन्सर छ। १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। 

मिडियाटेकको हेलियो प्रोसेसर भएको यो मोबाइलमा ६७ वाटको टर्बो चार्जिङ सुविधा छ। ५००० एमएएच क्षमताको ब्याट्री भएको यो मोबाइल १५ मिनेटमा ५१ प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ। 

विभिन्न कलर बिकल्पमा पाइने यो मोडलका मोबाइलको मूल्य ६ जीबी र्‍याम  र १२८ जीबी स्टोरेज भएको ३४ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम १२८ जीबी स्टोरेज भएकोको ३६ हजार ९९९ रुपैयाँ रहेको छ। 

 


प्रकाशित : शनिबार, असार १८ २०७९१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend