शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

१५ मिनेटमा ५१ प्रतिशत चार्ज हुने रेड्मी नोट ११ प्रो नेपाली बजारमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार १८ २०७९
images
images
१५ मिनेटमा ५१ प्रतिशत चार्ज हुने रेड्मी नोट ११ प्रो नेपाली बजारमा 

मिडियाटेकको हेलियो प्रोसेसर भएको यो मोबाइलमा ६७ वाटको टर्बो चार्जिङ सुविधा छ।

images
images

काठमाडौं– शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक भएको छ। रेड्मी नोट सिरिजको पछिल्लो यो उत्पादन नेपाली उपभोक्ताले पनि किन्न पाउने भएका छन्। 

images
images
images

सस्तो मूल्यमा धेरे फिचर्स खोज्नेका लागि भन्दै ल्याइएको यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास गरेको छ। 

images
images

रेड्मी नोट ११ प्रो मा तीनवटा सेन्सरसहितको क्यामेरा सेटिङ छ। १०८ मेगा पिक्सेलको सेन्सरसहित यसमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८ डिग्री एंगल, २ मेगापिक्सेलको  म्याक्रो र डेप्थ सेन्सर छ। १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। 

images
images
images

मिडियाटेकको हेलियो प्रोसेसर भएको यो मोबाइलमा ६७ वाटको टर्बो चार्जिङ सुविधा छ। ५००० एमएएच क्षमताको ब्याट्री भएको यो मोबाइल १५ मिनेटमा ५१ प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ। 

विभिन्न कलर बिकल्पमा पाइने यो मोडलका मोबाइलको मूल्य ६ जीबी र्‍याम  र १२८ जीबी स्टोरेज भएको ३४ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम १२८ जीबी स्टोरेज भएकोको ३६ हजार ९९९ रुपैयाँ रहेको छ। 

 


प्रकाशित : शनिबार, असार १८ २०७९१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend