सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १६ २०७९
डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान

जाजरकोट- डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्‍याउनका लागि तीन ठाउँबाट काम सुरुवात भएको छ। यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्‍याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ।

रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ।

डोल्पामा तत्काल विद्युत् पुर्‍याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइरहेका छन्। बुधबार मात्र विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ।

त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्नेबित्तिकै पालिकामा विद्युत् पुर्‍याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो। दुई वर्षदेखि डोल्पामा विद्यत् पुर्‍याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुनसकेको थिएन। डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , असार १६ २०७९०७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend