सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

मंगलबार, असार १४ २०७९
इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं-इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। 

यस सम्झौता सँगै, यु.ए.ईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यु.ए.ई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।

उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा  गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन्। यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप  (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन्। लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने  ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ। 

साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यु.ए.ईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ । यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु.७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ। 


प्रकाशित : मंगलबार, असार १४ २०७९०८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend