मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हाइड्रोपावरको सेयर मूल्य बढाएर बाहिरिने दाउमा ठूला लगानीकर्ता, प्रयोग गरे ‘विद्युत नियमन आयोग’

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
हाइड्रोपावरको सेयर मूल्य बढाएर बाहिरिने दाउमा ठूला लगानीकर्ता, प्रयोग गरे ‘विद्युत नियमन आयोग’

बोर्डको अनुरोध पछि आयोगले कर्जा भुक्तानीकै लागि हकप्रद सेयर निष्कानका लागि कुनै पनि व्यवस्था गरेको छैन। तर सहायक कम्पनी मार्फत वा आफ्नै प्रवर्द्धनमा निर्माण गरिएका जलविद्युत आयोजना निर्माणका लागि अधिकतम २०० प्रतिशसतसम्म हकप्रद सेयर निष्काशन गर्न पाउने व्यवस्था गरिएको छ। 

काठमाडौं- जलविद्युत कम्पनीको सेयर मूल्य धेरै नै तल झरेपछि विद्युत नियमन आयोगले नियोजित रुपमै विद्युत कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ स्वीकृत गरेको छ। 

यो निर्देशिकाको मस्यौदालाई लिएर चौतर्फी विरोधपछि गत साउनमा आयोगले लगानीकर्ताहरुलाई सचेत गराउदै प्रस्तावित मस्यौदा हुबहु पारित नहुने भन्दै सचेत गराएको थियो। जसले गर्दा सेयर बजारमा हाइड्रोपावरको उकालो यात्रा रोकिएको थियो। यसै क्रममा हाइड्रोपावरको सूचक झण्डै साढे ८ सय अंकले तल झर्यो।

नेपाल धितोपत्र बोर्डले दीर्घकालिन कर्जा भुक्तानी गर्नका लागि जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न दिन नहुने तर्क राख्दै आएको थियो। 

बोर्डको अनुरोध पछि आयोगले कर्जा भुक्तानीकै लागि हकप्रद सेयर निष्कानका लागि कुनै पनि व्यवस्था गरेको छैन। तर सहायक कम्पनी मार्फत वा आफ्नै प्रवर्द्धनमा निर्माण गरिएका जलविद्युत आयोजना निर्माणका लागि अधिकतम २०० प्रतिशसतसम्म हकप्रद सेयर निष्काशन गर्न पाउने व्यवस्था गरिएको छ। 

हकप्रद भन्ने वित्तीकै उचालिने सेयर बजारलाई लक्षित गर्दै ठूला लगानीकर्ताको आग्रहमा यस्तोमा नियम बनाइएको हो। कर्जा भुक्तानीकै लागि हकप्रद सेयर निष्काशन गर्न पाउने व्यवस्थालाई संवोधन नगरेपछि दोस्रो बजारमा ठूला लगानीकर्ताले सोचेजस्तो मूल्यमा उछाल भने देखिएको छैन। 

अर्को तर्फ कयौ हाइड्रोपावरले अझै दशौ वर्ष लाभांश दिन सक्दैनन्। तर हकप्रद सेयर निष्काशन गर्न दिएर ओभर क्यापिटलाइज गराउदा भोलीका दिनमा हाइड्रोपावरका सेयरधनीहरु झन् धेरै पेनिक हुने भन्दै बोर्डले आयोगलाई सचेत गराउदै आएको थियो। 

तर विद्युत नियगमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह भने बढाउन घटाउन भन्ने नभएर सुधारका लगि कदम चालिएको बताउँछन्। कुनै पनि विद्युतसम्बन्धी कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वंयमले नै सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गर्नु जरुरी छ’ सिंहले भने। सरकारले नियम कानुन चुस्त बनाउने भएको बताउँछन्। 

hyadro  share.png

भर्खर निर्माण सम्पन्न भएका वा निर्माणकै चरणमा रहेका हाइड्रोपावरले अर्को आयोजना निर्माणका लागि तुरुन्त हकप्रद निष्काशन गर्ने हो भने वास्तवमै उक्त कम्पनी दशौ वर्षका लागि ओभर क्यापिटलाइज हुनेछ। जसले गर्दा सेयर बजारमा अझै लामो समय पनिक अवस्था सिर्जना गर्छ। 

तत्कालका लागि कम्पनीको सेयर मूल्य बढाउन यो बलियो हतियार बने पनि दीर्घकालमा जलविद्युतका सेयरधनीहरु धेरै नराम्ररी फस्नेछन्। हिजोका दिनमा बढ्दो मूल्यमा हाइड्रोपावरको सेयर खरिद गरेकाले केहि मुनाफा देखिने वित्तीकै बिक्री गर्ने पक्का छ। तर उक्त कदमले साना तथा हल्लाका भरमा सेयर खरिद गर्नेहरु डुब्ने सम्भावना हुन्छ। 

आयोगका कर्मचारी तथा पदाधिकारीहरु नै आफ्नो सूचनामा आफै सेयर खरिद बिक्री गरिरहेका छन्। नियमन आयोगको अपरिपक्व कदमले सेयर बजारका लगानीकर्तालाई भने नराम्रो असर गर्ने पक्का छ। कुन नियम निर्देशिका बनाउदा कम्पनीको सेयर मूल्य बढाउन सकिन्छ भनेर अगाडी बढ्ने हो भने आयोगको औचित्य माथि नै प्रश्न उठ्ने पक्का छ। 

यता ठूला लगानीकर्ताहरु पनि असन्तुष्ट देखिएका छन्। संगठित संस्थाको सेयर खरिद बिक्री सम्बन्धमा गरिएको संसोधनमा आपत्ती जनाएका छन्।

लगानीकर्ता अम्बिका पौडेल पनि कस्को हितमा गरिएको भन्दै आपत्ती जनाएका छन्। ‘पुँजीबजारका संस्थागत लगानीकर्तालाई लगानी नगर भन्न खोजेको जस्तो देखियो यो संसोधन खारेजको विकल्प छैन,’ पौडेलले भने।

saher  1.jpg


प्रकाशित : सोमबार, असोज ११ २०७८०८:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend