शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

राहुघाट जलविद्युत : १२ वर्षमा ३० प्रतिशत काम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
images
राहुघाट जलविद्युत : १२ वर्षमा ३० प्रतिशत काम

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम सुरु भएको १२ वर्षमा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

images
images

म्याग्दी-  नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम सुरु भएको १२ वर्षमा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

images
images
images

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र  सरकारको संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो। पुरानो ठेकेदार आइभिआरसीयल टाँट पल्टिएपछि विसं २०७२ मा उसँगको ठेक्का तोडेर विसं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगङ्गा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाएको थियो। पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २७० मा निर्माण सकिनुपर्ने थियो। 

images
images

यो आयोजना निर्माणका लागि विसं २०७४ मङ्सिरमा छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट (जेभी)ले पनि अपेक्षाकृत काम गर्न सकेको छैन। आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताए। '४५ महिनाको ठेक्का सम्झौताको म्याद सकिन लागेको छ', उनले भने 'ठेकेदारले थप एक वर्ष म्याद थप्न प्रस्ताव गरेको छ।'

images
images

पुरानो ठेकेदारले १० प्रतिशत काम गरेको थियो। हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) निर्माण सकिएको छ। पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ। 

छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७३७ मिटर निर्माण सकिएको छ। प्रेसर साफ्टको २५४ मिटर सुरुङ निर्माण भएको छ। सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। 

ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा ढिलासुस्ती भएको आयोजना प्रभाबित क्षेत्र रघुगङ्गा गाउँपालिका-३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए। पहिरोका कारण बाँध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको छ। बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ निर्माणको तयारी गरेको थियो। पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युत्गृह निर्माणलाई समेत प्रभावित बनाएको छ। 

प्राकृतिक विपद् र कोरोना (भाइरस)को महामारीलाई ठेकेदारले ढिलाइको कारण दाबी गरेको छ। विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ। 

अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो। 

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ। रासस


प्रकाशित : सोमबार, असोज ११ २०७८०५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend