मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति हुँदै

बुधबार, असार ८ २०७९
सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति हुँदै

सो समय मेसिन तथा गाडी चलाउनका लागि १४ लाख ५ हजार ५ सय २७ लिटर डिजेल र बिटुमिनमा मिसाउन ८ हजार १ सय ४७.५ लिटर मट्टितेल खपत हुनेछ।  

काठमाडौं- कर्णाली राजमार्गको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। त्यहीअनुसार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्डको बांगेसिमल-सैन सडक खण्डको स्तारोन्नतीका लागि वातारणीय प्रभाव मूल्यांकन गराएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वातावरण मन्त्रालयले उक्त अध्ययन गरेको हो। 

यो सडक खण्डको स्तरोन्नतिका लागि ६ अर्ब १३ करोड ६ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। यो सडकमा हाल ६ मिटरदेखि ५० मिटरसम्मका पुल छन् र निर्माण हुने छन्। अहिले यो सडक खण्डमा १५ वटा पुल सञ्चालनमा छन् भने ५ वटा नयाँ पुल बनाउन प्रस्ताव गरिएको छ। 

१ सय १२ किलोमिटर सडक खण्डमा हाल कालो पत्रे गरिएको छ भने अब स्तरोन्नति गर्दा अस्फाल्ट कंक्रिट बनाउने भनिएको छ। यो सडकमा बेरिंग कोर्स अस्फाल्ट कंक्रिट ५० मिलिमिटर हुनेछ। 

सडकको क्षेत्राधिकार ३० मिटरको हुने छ भने ९ मिटरको फर्मेसन चौडाई हुने यो सडक डबल लेनको हुनेछ। यो आयोजना कर्णाली प्रदेश सञ्चालन हुनेछ। सुर्खेत र दैलेख जिल्लामा बन्ने यो सडकको सुरु बिन्दु सुर्खेतको बांगेसिमल र अन्तिम बिन्दु दैलेकको साईगाउँ रहेको छ। 

यो सडकको प्रभावित क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ र बराहताल गाउँपालिका वडा नं ५, ७ र ७ तथा दैलेखको गुराँस गाउँपालिका वडा नं १ र २, दुल्लु नगरपालिका वडा नं १, २ र ३, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ७ र आठबीस नगरपालिका वडा नं १, २ र ३ रहेको छन्। 

यो सडक खण्डको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। सडक निर्माणका लागि १३ हजार ५९ मेट्रिक टन सिमेन्ट, ५१ हजार ४ सय ८६ घनमिटर बालुवा, ५ लाख ३१ हजार ८ सय ४५ घनमिटर ढुंगा, १६ लाख ७९ हजार ३ सय ७३ घनमिटर गिट्टी, १५२.८८ टन फलाम र ३२ हजार ५ सय ८६ लिटर बिटुमिन लाग्ने अनुमान गरिएको छ। 

करिब २ लाख घण्टा विभिन्न मेसिनरी उपकरण चलाउन पर्ने छ। सो समय मेसिन तथा गाडी चलाउनका लागि १४ लाख ५ हजार ५ सय २७ लिटर डिजेल र बिटुमिनमा मिसाउन ८ हजार १ सय ४७.५ लिटर मट्टितेल खपत हुनेछ।  


प्रकाशित : बुधबार, असार ८ २०७९०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend