मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको निःशुल्क सिम

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २६ २०७८
एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको निःशुल्क सिम

काठमाडौं- नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ। टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क सिम उपलब्ध हुन जनाएको छ।  

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपलब्ध गराउने व्यवस्थासमेत रहेको टेलिकमले जनाएको छ। नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। सिम लिइसकेपछि ‘स्टुडेन्ट रजिष्ट्रेसन प्याक’ प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट 'स्टार १६०० ह्यास' डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्बत्) उल्लेख गर्नुपर्ने टेलिकमले जनाएको छ।
 
उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। सोही अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ।

यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध टेलिकले जनाएको छ। यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ।

बोनसवापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नु टेलिकमले भनाइ छ। एसईईका विद्यार्थीहरूका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रुपमा रुपान्तरण गरिएको सिमकार्डमा आवश्यकताबमोजिम ई–शिक्षा प्याकेज पनि लिन सकिने टेलिकमले जनाएको छ।

यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकलमले जनाएको छ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सक्नेछन्। हाललाई एसईई अफरसहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुनेछ। 


प्रकाशित : मंगलबार, साउन २६ २०७८०६:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend