मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मतको ठेक्का समानान्तरले पाउने  

शुक्रबार, असार ३ २०७९
तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मतको ठेक्का समानान्तरले पाउने  

जेठ ११ गते भएको सूचनाका आधारमा भएको इबिडिङमा सहभागि विभिन्न कम्पनीहरुको प्रस्ताव मूल्यांकन गर्दा समानान्तर योग्य देखिएको मन्त्रालयले जनाएको छ। 

काठमाडौं- तीनपिप्लेदेखि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटसम्मको सडक स्तरोन्नती तथा मर्मतको जिम्मा समानान्तर निर्माण सेवाले पाउने भएको छ।

जेठ ११ गते भएको सूचनाका आधारमा भएको इबिडिङमा सहभागि विभिन्न कम्पनीहरूको प्रस्ताव मूल्यांकन गर्दा समानान्तर योग्य देखिएको सहरी विकास मन्त्रालयले जनाएको छ। 

समानान्तरले उक्त बाटोको स्तरोन्नती तथा मर्मका लागि ८ करोड ९३ लाख १८ हजार ९ सय २६ रुपैयाँ २६ पैसा कबोल गरेको छ। यो रकम भ्याटबाहेक भएको मन्त्रालयले उल्लेख गरेको छ। 

मन्त्रिपरिषदले उक्त बाटोको बोलपत्र ३ दिनमा स्वीकृत गर्न सक्ने गरि निर्णय गरेको थियो। सोहीअनुसार सहरी विकास मन्त्रालयले शुक्रबार बोलपत्र स्वीकृतिका लागि सूचना जारी गरेको हो।


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend