मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सकियो

शुक्रबार, जेठ २७ २०७९
नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सकियो

२०७६ कात्तिक २८ देखि औपचारिक रुपमा निर्माण थालिएको सुरुङको मोबिलाइजेसन पेस्कीसमेत गरेर समग्र आयोजनाको वित्तीय प्रगति भने ४५ प्रतिशत नाघेको छ। 

काठमाडाैं- निर्माणाधीन नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सकिएको छ। आयोजनाको समग्र भौतिक प्रगति भने साढे ३७ प्रतिशत पुगेको छ। आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्व जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियरले काम गरिरहेका छन्। 

२०७६ कात्तिक २८ देखि औपचारिक रुपमा निर्माण थालिएको सुरुङको मोबिलाइजेसन पेस्कीसमेत गरेर समग्र आयोजनाको वित्तीय प्रगति भने ४५ प्रतिशत नाघेको छ। 

यो आयोजना १३ बैशाख २०८० मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ। तर म्याद थपसँगै तोकिएको समयमा भन्दा केही पछिमात्र आयोजना सम्पन्न हुनेछ। निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार ४ सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ। त्यसमध्ये २६ जेठसम्म २ हजार ९ सय १ मिटर खनिसकिएको आयोजनाले जनाएको छ।

मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ। त्यसमध्ये अहिलेसम्म १ सय २८३ मिटर सम्पन्न भएको छ। इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ४४४ र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ। 

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सुरुमा आयोजनाको लागत २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend