सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण, छुट्टै शुल्क नलाग्ने

बिहीबार , जेठ २६ २०७९
नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण, छुट्टै शुल्क नलाग्ने

काठमाडौं-  नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ। सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड ( को प्ले स्टोर तथा एप्प को एप स्टोरमा उपलब्ध रहेको टेलिकमले जनाएको छ।
एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने टेलिकमले जनाएको छ। 

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नु कम्पनीले जनाएको छ। यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क नलाग्ने टेलिकमले जनाएको छ।
 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend