सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फुकोट-कर्णालीको ईआईए अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
फुकोट-कर्णालीको ईआईए अन्तिम चरणमा

मान्म- अर्धजलाशययुक्त फुकोट-कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) अन्तिम चरणमा पुगेको छ। 

विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआईए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो। ४८० मेगावाट क्षमताको फुकोट-कर्णाली जलविद्युत् आयोजनाले ईआईए स्वीकृति माग गरेको हो। 

सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाका प्रमुख हीरामान वाइबाले बताए। उनले भने, 'अब लगानीको मोडालिटी टुङ्ग्याउन पाए निर्माणको काममै जान सक्छौँ।'

आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइवाले बताए। 'आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ', उनले भने, 'आयोजनाले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए)का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ।'

फुकोट-कर्णाली जलविद्युत् आयोजनाबाट कालीकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित क्षेत्र हुनेछन्। यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका-३ मा हुने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend