मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दुई गुणा बढ्यो ल्यापटपको आयात  

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
दुई गुणा बढ्यो ल्यापटपको आयात  

भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो दुई महिनामै   ३ अर्ब २२ करोड रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ।

काठमाडौं-  ल्यापटप तथा नोटबुकको आयात दुई गुणाले बढेको छ। चालु वर्षको पहिलो दुई महिनामा ल्यापटपको आयात बढेको हो।

अघिल्लो वर्षको दुई महिनाको तुलनामा यो वर्ष ल्यापटप आयात २४७ प्रतिशतले बढेको हो।  

भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो दुई महिनामै   ३ अर्ब २२ करोड रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ। पछिल्लो समय नेपाली बजारमा ल्यापटपको माग बढेपछि आयात ह्वात्तै बढेको हो। 

दुई महिनामा मोबाइलको आयात भने अघिल्लो वर्षको तुलनामा घटेको छ। विभागकाअनुसार अघिल्लो वर्षको तुलनमा २ अर्ब रुपैयाँको न्यून आयात भएको छ।

यो वर्ष दुई महिनामा १० अर्ब ३६ करोड रुपैयाँको मोबाइल आयात भएको छ। गत वर्षको यही अवधिमा १२ अर्ब ५७ करोड रुपैयाँको मोबाइल आयात भएको छ। 

*सच्याइएको


प्रकाशित : शनिबार, असोज ९ २०७८०६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend