बुधबार, कात्तिक ७ गते २०८१    
images
images

दुई गुणा बढ्यो ल्यापटपको आयात  

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
images
images
दुई गुणा बढ्यो ल्यापटपको आयात  

भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो दुई महिनामै   ३ अर्ब २२ करोड रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ।

images
images

काठमाडौं-  ल्यापटप तथा नोटबुकको आयात दुई गुणाले बढेको छ। चालु वर्षको पहिलो दुई महिनामा ल्यापटपको आयात बढेको हो।

images
images
images

अघिल्लो वर्षको दुई महिनाको तुलनामा यो वर्ष ल्यापटप आयात २४७ प्रतिशतले बढेको हो।  

भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो दुई महिनामै   ३ अर्ब २२ करोड रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ। पछिल्लो समय नेपाली बजारमा ल्यापटपको माग बढेपछि आयात ह्वात्तै बढेको हो। 

images

दुई महिनामा मोबाइलको आयात भने अघिल्लो वर्षको तुलनामा घटेको छ। विभागकाअनुसार अघिल्लो वर्षको तुलनमा २ अर्ब रुपैयाँको न्यून आयात भएको छ।

images

यो वर्ष दुई महिनामा १० अर्ब ३६ करोड रुपैयाँको मोबाइल आयात भएको छ। गत वर्षको यही अवधिमा १२ अर्ब ५७ करोड रुपैयाँको मोबाइल आयात भएको छ। 

*सच्याइएको


प्रकाशित : शनिबार, असोज ९ २०७८०६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend