मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

३ करोड ७५ लाख रुपैयाँ खर्चेर प्रधानमन्त्री निवासकाे नयाँ भवन सजावट गरिँदै

मंगलबार, जेठ २४ २०७९
३ करोड ७५ लाख रुपैयाँ  खर्चेर प्रधानमन्त्री निवासकाे नयाँ भवन  सजावट गरिँदै

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीका लागि आधुनिक सुविधासम्पन्न भवन बनाइएकाे छ। सुविधासम्पन्न भवनको इन्टेरियर डिजाइन ‌(सजावट)का लागि मात्रै पाैन ४ करोड रुपैयाँ खर्च हुने भएको छ।

सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागकाे विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले प्रधानमन्त्रीका लागि नयाँ बनेकाे भवनको सजावटका लागि भन्दै कम्पनी छनोट गरेको हाे।

कार्यालयले ३ करोड  ७५ लाख १४ हजार ३ सय ८५ रुपैयाँ कर बाहेकमा भवनकाे इन्टेरियर डिजाइनका लागि कम्पनी छनोट गर्दै सम्झौताका लागि बाेलाएको हाे।

कार्यालयले ब्रिज टीच-अल्फा कम्पनीसँग सम्झाैता गर्न लागेको हाे। 


प्रकाशित : मंगलबार, जेठ २४ २०७९००:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend