मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

चामलको मूल्य प्रतिकिलो २ रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
चामलको मूल्य प्रतिकिलो २ रुपैयाँले बढ्यो

काठमाडौं-नेपालीहरुको महान चार्ड दसैं नजिकिदैँ छ। दसैं नजिकिदै गर्दा केही खाद्यन्न बस्तुको मूल्य बढेको छ।

केही दिन अगाडिसम्म प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म घटेको  तेलको मूल्य पुनः बढेको छ।

यसैगरी चामलको मूल्य पनि बढेको थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवचन्द्र भट्टले चामलको मूल्य बढको जानकारी दिए।

उनका अनुसार अहिले सबै थरीको चामलको मूल्य प्रतिकिलो २ रुपैयाँ सम्म बढको छ।

तर, अबको केही दिनपछि चामलको मूल्य भने घटने उनको  भनाइ छ। अन्य खाद्य बस्तु दाल तथा गेडागुँडीको मूल्य अहिलेसम्म नबढको र दसैंमा पनि नबढने उनको दाबी छ।


प्रकाशित : बिहीबार , असोज ७ २०७८१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend