सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच सम्झौता, हरित हाइड्रोजन उत्पादनमा जोड दिइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच सम्झौता, हरित हाइड्रोजन उत्पादनमा जोड दिइने

काठमाडौं-नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन। 

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन्। नेपालको जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि  एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ।  हस्ताक्षर कार्यक्रममा ऊर्जा मनत्री भुसालले नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताए। 

‘देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ’, उनले भने,‘ यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युतबाट उत्पादित  हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।’ मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्थाहरु इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्याउन आग्रह गरेका छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए। 

 

 


प्रकाशित : मंगलबार, जेठ १० २०७९१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend