आइतबार, जेठ ६ गते २०८१    
images
images

अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
images
images
अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ। कोरोना महामारी फैलिएपछि गत बैशाखदेखि बन्द भएका पर्यटकीय स्थल करिब छ महिनापछि खुल्न लागेका हुन्।

images
images

म्याग्दी- अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ। कोरोना महामारी फैलिएपछि गत बैशाखदेखि बन्द भएका पर्यटकीय स्थल करिब छ महिनापछि खुल्न लागेका हुन्।

images
images
images

कार्यपालिकाको बैठकले पर्यटकीय स्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो। 

images

कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए। 

images
images

'पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो', उनले भने, 'गत माघ, फागुन र चैत महिनामा न्यून सङ्ख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन।'

images
images

अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए। प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। 

तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ। अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए। करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए। स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताए। 

पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष एक करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको छ। तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन। रासस


प्रकाशित : बिहीबार , असोज ७ २०७८०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend