शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

दसैँमा चिनी अभाव हुँदैन, हल्लाको पछि लागेर अधिक खरिद नगर्नुहोस् : वाणिज्य विभाग 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
images
दसैँमा चिनी अभाव हुँदैन, हल्लाको पछि लागेर अधिक खरिद नगर्नुहोस् : वाणिज्य विभाग 

मागअनुसारको थप चिनी आयातको प्रकियामा रहेकाले अभावको हल्लामा भर नपर्न उपभोक्तालाई विभागले आश्वस्त पारेको छ। 

images
images

काठमाडौं-  दसैँमा चिनीको अभाव नहुने वाणिज्य विभागले बताएको छ। 

images
images
images

विभागले बजारमा चिनीको अभाव हुने हल्ला चलाएर उपभोक्तालाई आतङ्कित पार्ने काम भइरहेको भन्दै विभागले भ्रममा नपर्न आग्रह गरेको छ। 

images
images

'चाडपर्वहरू सुरु भइरहँदा बजारमा चिनी लगायत केहि खाद्य वस्तुहरूको अभाव रहेको भन्ने झुटा एवम् अनर्गल हल्ला चलाई आम उपभोक्ताहरूमा भ्रम सृजना गर्ने भई रहेकोमा त्यसप्रति यस विभागको गम्भिर ध्यानाकर्षण भएको छ' विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ' पैठारी भएको परिमाण र खपत अनुपातका आधारमा अझै बजारमा तीन महिना भन्दा बढी अवधिलाई पुग्ने चिनी उपलब्ध।'

images
images

मागअनुसारको थप चिनी आयातको प्रकियामा रहेकाले अभावको हल्लामा भर नपर्न उपभोक्तालाई विभागले आश्वस्त पारेको छ। 

पैठारीकर्ताका गोदाम र खुला बजारमा पर्याप्त मात्रामा चिनी भइरहेको र बिक्री वितरण पनि भइरहेको सामान्य अवस्थामा उपभोक्ताहरू हतास हुनुपर्ने कुनै कारण नभएको विभागले जानकारी दिएको छ। 

तत्काल आवश्यक मात्रा भन्दा बढी सञ्चित गरेर राख्नु पर्ने अवस्था नभएको हुनाले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्नेगरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। 


प्रकाशित : बुधबार, असोज ६ २०७८१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend